पत्रकारको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि

 

काठमाडौँ,  वैशाख २५ गते। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० आगामी साउन १ गतेदेखि कार्यान्वयन हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठनद्वारा स्विजरल्यान्डको जेनेभामा आयोजित ‘वल्र्ड समिट अन इन्फरमेसन सोसाइटी’ सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएका मन्त्री राईले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पारिश्रमिकबारे मन्त्रिपरिषद्ले गरेका निणर्यप्रति मिडिया सञ्चालक ९मिडिया उद्योगी० हरूले उठाएका टिका–टिप्पणीलाई सकारात्मकरूपमा लिएको र फेरि पनि सबै सञ्चार गृहहरूसँग छलफल गर्ने बताउनुभयो ।

उहाँले मन्त्रिपरिषद् बैठकले गरेको निणर्यलाई सकारात्मकरूपमा लिनसमेत सम्पूर्ण सञ्चारगृहलाई आग्रह गर्दै भन्नुभयो, “सञ्चार गृहलाई उद्योगको मान्यता दिनेबारे पनि हामीले काम अगाडि बढाइसकेका छौँ ।”

यही वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० बनाउने निर्णय गरेको थियो । बैठकले न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार ४००, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १०० र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५०० समेत निर्धारण गरेको थियो ।

मन्त्री राईले सम्मेलन उपलब्धिमूलक भएको बताउँदै सम्मेलनमा आफूले नेपालको टेलिकम्युनिकेसन र अन्य भावी योजनाका बारेमा कुरा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खासगरी अहिले हाम्रो टेलिकम्युनिकेसनमा पहँुच छ, त्यो पहँुचलाई विस्तार गर्ने र ग्रामीण भेगहरूमा पु¥याउने, थ्रिजीलाई सबैको बीचमा सहज ढङ्गले पु¥याउनेलगायतका विषयलाई मैले सम्मेलनमा कुरा राखेको छु ।”

मन्त्री राईले फोरजी एल्टीलाई तत्कालै सुरु गर्ने, अप्टिकल फाइबरलाई सबै जिल्लामा पु¥याउने, र सँगसँगै सामुदायिक र सरकारी विद्यालयहरू, विश्वविद्यालयहरू र स्वास्थ्य केन्द्रहरूमा इन्टरनेटको पहुँच पु¥याउने योजनालाई समेत सम्मेलनमा प्रस्तुत गरेको जानकारी दिनुभयो ।

करिब ४९ जिल्लामा अप्टिकल फाइबर पुगिसकेको बताउँदै उहाँले बाँकी जिल्लामा पनि एक वर्षभित्र पु¥याइसक्ने बताउनुभयो ।

यही वैशाख २० देखि २४ सम्म जारी सम्मेलनमा भाग लिन मन्त्री राई वैशाख १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

गोरखापत्र दैनिक स्थापनाको दिन राष्ट्रिय पत्रकारिता दिवस मनाउने विषयमा उठेका टिका–टिप्पणीले खासै अर्थ नराख्ने उहाँको भनाइ थियो । मन्त्रिपरिषद्को गत फागुन १६ को बैठकले गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेपछि शुक्रवार सो दिवस मनाइएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना