• ६ चैत २०८०, मङ्गलबार

पाँच सय जनाको नाम सिफारिस, साठी प्रतिशत पाउने आस

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, भदौ २४ गते । मधेस प्रदेशमा आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले करिब पाँच सय जनाको नाम सिफारिस गरेको छ ।  प्रदेशको आठ वटै जिल्लाबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा नाम सिफारिस गरिएको प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिनुभयो । 

प्रदेशका जिल्लाबाट सिफारिस भएका नामहरूको कम्पाइल गर्ने काम भइरहेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले बताउनुभयो । कांग्रेसको मधेस प्रदेश कार्य समितिको बिहीबार साँझ सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट पाउनु पर्ने निर्णय गरेको छ । 

सत्ता साझेदार गठबन्धन दलमध्ये मधेसमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट कांग्रेसले पाउनुपर्ने अडान नछोड्ने निर्णय भएको प्रदेश प्रचार प्रसार समिति प्रमुख गुप्ताले जानकारी दिनुभयो । त्यस्तै, नेता प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको प्रचार प्रसार प्रमुख गुप्ताले जानकारी दिनुभयो ।