होटेलका दुई कामदारको हत्या, एक घाईते

बासुदेव भट्ट, कञ्चनपुर बैशाख २४ गते । महेन्द्रनगरको एक चर्चित होटेलमा गयराती कामदारहरुको विभत्स हत्या भएको छ । महेन्द्रनगरको गल्ली नम्बर ४ मा रहेको संगम होटेलमा गयराती १२ बजेतिर दुई जना कामदारहरुको हत्या भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई धारिलो हतियार प्रयोग गरेको मारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले होटेका कामदारहरुको हत्या भएको जानकारी दिनुभयो । उहाँका अनुुसार होटेलका कामदार कृष्ण सिह विष्ट र भीम रोकायाको हत्या भएको छ ।

भने पदम राज विष्टलाई घाईते बनाईएको छ । मृतकको पोष्टमाष्टमका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ, भने घाईतेको उपचारका लागि कोहलपुर मेडिकल कलजेमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना स्थलबाट बाहिर एक जोर चप्पल भेटिएकाले घटना रहस्यमयी पनि हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

तिनै जनाले रक्सी खाएर एक आपसमा लडेका हुन सक्ने समेत अनुमान गरिएको छ । घटनाको प्रकृति हेर्दा हत्या नै भएको प्रहरी प्रवक्ता खनाले बताउनुभयो । ‘घटना हेर्दा हत्याकाण्ड हो, त्यसलाई प्रहरीले अनुसन्धान गर्छ’, उनले भने,घाईते निको भएपछि थप अनुसन्धान गर्न सजिलो हुन्छ ।’ कृष्ण कारिगर, भीम र पदम वेटर हुन् । उनीहरु तिनै जना एकै कोठामा बस्दै आएका होटेल संचालक मोहन सिह खत्रीले बताउनुभयो ।

घाईते चिच्याएपछि होटेलका अरु गेष्टहरुले थाहा पाएको संचालक खत्रीले बताउनुभयो । ‘म होटेलको सबैभन्दा माथिल्लो तलमा बस्नु, यिनीहरु सबैभन्दा तल्लो तलामा बस्छन्’, उनले भने,‘घटना भएको पनि मलाई केही थाहा छैन्’ । रोकाया बाजुरका हुन् भने, विष्टद्वय कञ्चनपुरकै स्थानियहरु हुन् । तिनै जनाको सम्बन्ध बारेमा समेत केही बुझिएको छैन् । विगतका बर्षहरुमा पनि महेन्द्नगरका होटेलहरुमा यौन, रक्सीका पिपासुका कारण होटेल भित्रैका कामदारहरुको हत्या भएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना