• ६ चैत २०८०, मङ्गलबार

घरेलु उद्योगमा महिलाको आकर्षण बढ्दाे

blog

नारी सेनेटरी प्याडका सञ्चालक उमा अर्याल । तस्विरः बिन्दु थापा

तानसेन भदौ २४ गते । अझै पनि स्वरोजगार हुने महिलाको सङ्ख्या कमी नै छ तर केही वर्षयता भनेँ आफ्नै ठाउँमा उद्योग चलाएर स्वरोजगार हुने रोजगार नै दिन सक्ने महिलाको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

महिलाहरू स्वयम उद्यमी बन्ने र उद्योग सञ्चालन गर्ने क्रम बढ्दो छ । उद्योगहरूमा कामदारको रूपमा पनि महिला आकर्षण बढ्दो छ । कसैले व्यक्तिगत उद्योग र व्यवसाय चलाएका छन् । कतिले सामूहिक रूपमै काम थालेका छन् । 

ब्युटी पार्लर र सिलाई कटाई पेसा व्यवसायमा सीमित नभई महिलाहरूले हस्तकला एवं अन्य उद्योगहरू सञ्चालन गर्ने गरेको पाइएको छ । विदेश निर्यात हुने सामानहरू समेत महिलाहरूले सञ्चालन गरेको उद्योगबाट उत्पादन हुने गरेको छ । तानसेन नगरपालिका– ९ दमक डाकी उमा अर्याल नारी सेनिटरी  प्याड उद्योगको सञ्चालक थोरै मध्येको एक महिला उद्यमी हो । उहाँले महिलाहरूको प्रयोगको लागी नारी सेनिटरी प्याड उत्पादन गर्नुहुन्छ  । एक करोडको लगानीमा सुरु गरेको उद्योग अहिले तीन करोड पुगेको छ । 

पाल्पा व्यापार सङ्घमा सहसचिव समेत रहेकी उहाँले आफूले उत्पादन गरेका प्याडहरू देशभर विक्री हुने गरेको छ । कस्मेटिक, फेन्सी तथा किराना पसल, विद्यालय, स्वास्थ्य चौकी लगायतका बजारमा उहाँको सामानले प्राथमिकता पाउने गरेको छ ।  उद्योगमा महिलाले महिनावारी हुँदा प्रयोग हुने  साना ठुला र गुणस्तरीय प्याड उत्पादन हुने गर्दछ । उक्त सामानहरू उत्पादनको काममा उहाँको उद्योगमा ८ जना कर्मचारीले रोजगारी पाएका छन् ।

पाल्पामा दर्ता भएका करिब साढे ५ हजार घरेलु उद्योगमध्ये झन्डै दुई हजार उद्योग महिलाले चलाइरहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको तथ्याङ्क छ तानसेन ३ वसन्तपुर कस्मोपेलिटन कन्सल्टेन्ट एन्ड टेक्निकल एजुकेसन सेन्टर प्रालिमा कार्यरत बबिता बिस्टले पनि ब्युटी पार्लर सम्बन्धी तालिम दिन थालेपछि खुसी हुनुहुन्छ । उहाँले  तालिम दिएका धेरै ब्युटिसियन भएर ब्युटी पार्लर सञ्चालन गर्न थालेका छन् । २०७१ सालदेखि प्रशिक्षक भएर काम गरेकी विष्टले करिब चार सय जनालाई सिकाएर स्वरोजगार हुन उन्मुख गराउनु भएको छ  । ब्लु मि ब्युटी पार्लरबाट सिप सिकेर प्रशिक्षकको काम गरी रहेकी विष्टलाई पार्लर व्यवसायमा आमा बुबाले समेत सहयोग गर्दै आउनु भएको छ  ।

पाल्पामा दर्ता भएका करिब साढे ५ हजार घरेलु उद्योगमध्ये झन्डै दुई हजार उद्योग महिलाले चलाइरहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको तथ्याङ्क छ । महिलाले चलाउने उद्योगको सङ्ख्या बढ्दै गएको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताउनुभयो । महिलाले चलाएका उद्योग राम्रै फाइदामा पनि छन् । ‘पुरुषभन्दा महिला इमानदार र लगनशील भई उद्योगमा ध्यान दिन्छन् । त्यसैले महिलाको हातका उद्योग राम्रो अवस्थामा छन् ।’– उहाँले भन्नुभयो । 

मैनबत्ती, अगरबत्ती, भुजा उद्योग, मसला, सिलाई, ब्युटी पार्लर, बुटिक उद्योग सञ्चालन गर्नेहरूमा बढी महिलाहरू छन् । घरभित्रै उद्योग सञ्चालन गर्न सकिने भएकाले गाउँका महिलाहरू पनि चासो दिएर यस्ता उद्योगप्रति बढी आकर्षित भएका छन् ।  
Author

बिन्दु थापा