• ६ चैत २०८०, मङ्गलबार

चार महिना बित्दासमेत विद्यार्थीलाई हात लागेन पुस्तक

blog

गोलखाडी माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत बिद्यार्थी । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे  

हिले, भदौ २३ गते । नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बितेको छ । चार महिना बित्दासमेत धनकुटामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस वर्षको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् । 

१४ वर्षकी विद्यार्थी विनीता राई जिल्लाको साँगुरीगढी गाउँपालिका –७, महाभारतमा रहेको गोलखाडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनहुन्छ । उहाँले अहिलेसम्म पूरा नयाँ पुस्तक पाउनु भएको छैन । ‘हामीले शैक्षिक सत्र सुरु हुँदा नै नयाँ पुस्तक पाउँछौँ भन्ने सुनेकी थिएँ । तर हामीले अहिलेसम्म पूरा सेट पुस्तक पाएका छैनौँ’ राईले भन्नुभयो । पुराना पुस्तक प्रयोग गर्न धेरै समस्या हुनेगरेको राईको भनाइ छ । पुराना पुस्तकको सेट नै नपाइने तथा पाइहाले च्यातिएको मात्र पाइले उहाँको गुनासो छ ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सुदीक्षा राईले आफूसँग शिक्षा विषयको पुस्तक अहिलेसम्म नभएको गुनासो गर्नुभयो । पुस्तक नपाउँदा पढाइ प्रभावित भएको उहाँको गुनासो छ । “स्कुलमा त दुःखसुख एउटै पुस्तकबाट कक्षा लिन्छौँ, घर गएपछि पढ्न र गृहकार्य गर्न समस्या हुन्छ” राईले भन्नुभयो । विद्यालयमा समेत एउटै पुस्तक धेरै जनाले प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

गोलखाडी माध्यमिक विद्यालयका ७५ प्रतिशत विद्यार्थीले मात्र नयाँ पुस्तकको सेट नै पाएका छन् । कतिपय कक्षा पार गरेका विद्यार्थीबाट पुराना पुस्तक मागेर काम चलाउँछन् । तर पुस्तक फेरिएका कक्षाका विद्यार्थी भने पुरानो किताबसमेत पाउँदैनन् । विद्यालयका प्रधानाध्यापक हरिलाल शाहका अनुसार स्थानीय तहले दिने भुक्तानी गरिसकेको तर सम्पूर्ण पुस्तक पाउने कुनै टुङ्गो नभएको गुनासो गर्नुभयो । 

“हामीले स्थानीय तहमार्फत सबै रकम भुक्तानी गरिसकेका छौँ, तर पुस्तक भने अहिले सम्म पाएका छैनौँ” शाहले भन्नुभयो । सबै पुस्तक उपलब्ध नहुँदा पढ्न र पढाउन समस्या हुनेगरेको उहाँको भनाइ छ । 

गोलखाडी माध्यमिक विद्यालयमा मात्र नभई पुस्तकको समस्या जिल्लाभरि उस्तै छ । अझै २० प्रतिशत विद्यार्थीले नयाँ पुस्तक नपाएको साँगुरीगढी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।  पुस्तक अभावमै पहिलो त्रैमासिक परीक्षा गरिएको शहिदभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख उमेस राईले बताउनुभयो । “अघिल्ला वर्षमा कोरोनाका कारण शैक्षिक गुणस्तर खस्कियो, यो वर्ष पुस्तकले समस्या भयो” राईले भन्नुभयो । यता बजारक्षेत्रका विद्यालयमा समेत कुनै न कुनै पुस्तक अभाव छ ।

बिक्रेतासँग बुझ्दा जनक शिक्षा सामग्री केन्द्रले नै पुस्तक नपठाएको धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठले जानकारी दिनुभयो । पुस्तकको समस्या पाठ्यक्रम परिवर्तन भएको कक्षा ४, ६, ७ र ९ मा अझ बढी छ । धनकुटामा १ सय ९० आधारभूत र ९४ माध्यमिक विद्यालय छन् । सबै विद्यालयमा पुस्तक अभाव छ । 

शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाले पुस्तक अभावको गुनासो नआएको जनाएको छ । यो विषयमा बुझेर जनक शिक्षा सामग्रीलाई पुस्तक उपलब्ध गराउन पत्र काट्ने शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाका प्रमुख मोहन राईले बताउनुभयो । “म सबै पालिकासँग छलफल गर्छु, अभाव हो भने आजै जनक शिक्षा सामग्री केन्द्रलाई पत्र काट्छु” राईले भन्नुभयो ।    

गोलखाडी माध्यमिक विद्यालयमा मात्र नभई पुस्तकको समस्या जिल्लाभरि उस्तै छ । अझै २० प्रतिशत विद्यार्थीले नयाँ पुस्तक नपाएको साँगुरीगढी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।  पुस्तक अभावमै पहिलो त्रैमासिक परीक्षा गरिएको शहिदभुमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख उमेश राईले बताउनुभयो । “अघिल्ला वर्षमा कोरोनाका कारण शैक्षिक गुणस्तर खस्कियो, यो वर्ष पुस्तकले समस्या भयो” राईले भन्नुभयो । 

यता बजारक्षेत्रका विद्यालयमा समेत कुनै न कुनै पुस्तक अभाव छ । बिक्रेतासँग बुझ्दा जनक शिक्षा सामग्री केन्द्रले नै पुस्तक नपढाएको धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठले जानकारी दिनुभयो । पुस्तकको समस्या पाठ्यक्रम परिवर्तन भएको कक्षा ४, ६, ७ र ९ मा अझ बढी छ । धनकुटामा १ सय ९० आधारभूत र ९४ माध्यमिक विद्यालय छन् । सबै विद्यालयमा पुस्तक अभाव छ । 

शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाले पुस्तक अभावको गुनासो नआएको जनाएको छ । यो विषयमा बुझेर जनक शिक्षा सामग्रीलाई पुस्तक उपलब्ध गराउन पत्र काट्ने शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाका प्रमुख मोहन राईले बताउनुभयो । “म सबै पालिकासँग छलफल गर्छु, अभाव हो भने आजै जनक शिक्षा सामग्री केन्द्रलाई पत्र काट्छु” राईले भन्नुभयो ।