• ६ चैत २०८०, मङ्गलबार

बीमाबापतको मृत्युदावी रकम प्रदान

blog

बिमाबापतको मृत्युदावी रकम हस्तान्तरण गरिँदै । तस्बिरः चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २३ गते । ताप्लेजुङस्थित फरवार्ड माइक्रो फाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका सेवाग्राहीको आफन्तलाई बीमाबापतको मृत्युदावी रकम उपलब्ध गराएको छ । संस्थाले फुङ्लिङ शाखामा सदस्य बनी कर्जालगायत संस्थासँग नियमित कारोबार गर्ने फुङ्लिङ नगरपालिका –४ की कालीमाया हेम्ब्या मादेनको लिम्बूको आफन्तलाई मृत्युदावी रकम उपलब्ध गराएको हो ।

शाखा प्रबन्धक युवराज खतिवडाले मृतक सदस्यका छोरा भूपाल मादेनलाई बीमाको मृत्युदावी बापतको तीन लाख ६० हजार रुपियाँ रकम भुक्तानी गरिएको बताउनुभयो । लामो समयदेखि फरवार्डसँग कारोबार गर्दै आउनुभएकी कालिमायाले गत फागुनमा फरवार्ड वित्तीय संस्थाबाट तीन लाख रुपियाँ कर्जा लिनुभएको थियो ।

संस्थाका अनुसार कर्जा लिएबापत उहाँको बीमा गरिएको थियो । उहाँको गत असार ६ गते मृत्यु भएको थियो । 
यता फरवार्ड माइक्रो फाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको ताप्लेजुङमा २०६७ सालमा शाखा स्थापना भएको र हालसम्म दुई हजार ३०० बढी आफ्नो सदस्य रहेको शाखा प्रबन्धक खतिवडाले जानकारी दिनुभयो ।  
Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।