सर्पको टोकाईवाट १२ जनाको मृत्यु

भवानी ऐर

कैलाली, बैशाख १९ गते । कैलालीमा सर्पको टोकाईबाट हालसम्म १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा १० जना र मसुरियामा दुई जनाको मृत्यु भैइसकेको जिलला जनस्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ ।  


कार्यालयका  अनुसार टीकापुर अस्पतालवाट चार जनालाई अन्यत्र रिफर गरिएको र यो अवधिमा जिल्लामा सर्प दंसका चार सय ७४ जना बिरामीले उपचार लिएको छ । गत सातादेखि चैतसम्म धनगढीस्थित सेती अञ्चल अस्पतावाट एकसय ८६, टीकापुर अस्पतावाट एकसय २६ र मसुरियामा रहेको नेपाली सेनाको २ नम्बर राष्ट्रिय विकास गणमा एकसय ६२ जनाले उपचार लिएका छन् ।


सेती अञ्चल अस्पतालका आकस्मिक उपचार केन्द्रका प्रमुख कृष्णवहादुर बोहराले असार, साउनदेखि असोजसम्म दैनिक ३५देखि ४० जनासम्म सर्प दंशका बिरामी उपचारकालागि आउने गरेको बताउँदै दश जनाको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।
गर्मी याममा वर्ष सुरु भएसंगै तराई तथा भित्रीमदेश क्षेत्रमा सर्पको बढी विगविगी हुने भएकाले औषधी उपचारसंगै सतर्कता अपनाउनुपर्ने देखिन्छ ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना