• ६ चैत २०८०, मङ्गलबार

प्रतिनिधिसभा बैठक सुरु

blog

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक । फाइल तस्बिर

काठमाडौं, भदौ २२ गते । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बुधबार दिउँसोबाट सुरु भएको हो ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहतिको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, प्रतिनिधिसभाका सांसद डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्राेतको क्षमताको राष्ट्रिय हितमा प्रयोग हुनेगरी संरक्षण र संवर्धन गर्न आवश्यक भएकाले भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रीको ध्यानाकर्षण गर्नुहुनेछ ।

उक्त ध्यानाकर्षको सम्बन्धमा यज्ञबहादुर बोगटी र राजबहादुर बुढाक्षेत्रीले स्पष्टीकरण माग गर्नुहुने कार्यसूची छ ।