• १३ वैशाख २०८१, बिहिबार

जुन र घाम (कविता)

blog

 प्रविधि महतरा 

जिन्दगी पानी, जुन र घाम जस्तो

दुःखमा अँध्यारो त सुखमा उज्यालो

दुइटै एउटै सिक्काको दुई पाटा

दुवैमा एउटाको कमी भए 

लाग्छ जिन्दगी अधुरो ।।


न त जहिल्यै घाम जस्तो

न त जुन जस्तो

स्थितिअनुसारको अभिव्यक्ति

बिहानी घाम झुल्किन्छ त बेलुकी जुन

हो साथी जिन्दगी पनि परिस्थितिअनुसार झुल्किन्छ । 


(स्थलगत कविता लेखन प्रतियोगितामा प्रथम भएको कविता)