• १५ चैत २०८०, बिहिबार

नङ [लघुकथा]

blog

एक दिन भगवान् पशुपति दर्शन गरेपछि केही बिस्कुट र फलफूल लिएर पशुपति वृद्धाश्रममा गएँ । 

घाम तपिरहकेका चार पाँच जना वृद्धवृद्धाहरूको हात खुट्टाको नङ तन्मयसँग काट्दै थिई नीरा बहिनीले । दुई महिनाअघि मात्र मेरो माइतीघरको तल्लो तलामा श्रीमान्, सासू र दुई छोरीसहित डेरा लिएर बसेकी थिई । उनको सेवा देखेर उनीप्रति श्रद्धा भाव पलायो धन्यवाद दिएँ ।

“हरेक पन्ध्र दिनमा यहाँ यी बुबा आमाको सेवा आउँछु नि दिदी” नीराले सुनाइन् गर्वका साथ । 

ती वृद्धवृद्धाहरूलाई फलफूल बिस्कुट दिएर घर फर्के ।

केही समयपछि माइत जाँदा नीराकी बूढीसासूले सकिनसकी हात खुट्टाको नङ काट्न लागेको देखेर छक्क पर्दै सोधेँ– कहाँ जानुभयो र बुहारी । तपाईंको हातखुट्टाको नङ काटिदिनुहुन्न र ?

“बुहारीलाई कहाँ फुर्सद हुन्छ र ? म आफैँ बल्लबल्ल काट्छु नानी पशुपति जाने भनेर गएकी छिन्, शान्त भावमा बूढी आमाले भनिन् ।”

“लौत आमा ! तपाईंकी बुहारीले पशुपतिका वृद्धवृद्धाहरूको नङ काट्नुहुन्छ । म तपाईंको नङ काटिदिन्छु ।” 

बूढी आमाकोे हातबाट नङकट लिएर नङ काटिदिन थालेँ । बूढीआमाले हेरिरहिन् मलाई ट्वाल्ल परेर । á


अफिसको जीएम भएपछि दिलबहादुर श्रेष्ठलाई आफ्नो जन्मभूमि पहाड जाने उत्कट इच्छा भयो ।

राजधानीबाट टाढा त्यो गाउँ नभई सानो बजार थियो । सानो ठाउँ भएकाले माथिदेखि तलसम्मका बासिन्दाहरूलाई राम्ररी चिन्थे उनले । आफ्ना साथीभाइ, आफन्तहरू, इष्टमित्रहरूलाई आफू जीएम भएको देखाउने उनको इच्छाले एक दिन मूर्त रूप लियो ।

आफ्ना विश्वासी दुई चार जना कर्मचारी, श्रीमती र छोरासहित अफिसको गाडीमा आफ्नो जन्मभूमि प्रस्थान गरे ।

सुखद् कल्पनाको संसारमा बयली खेल्दै सोच्दै नलाई देखेर आफन्त र साथीहरू कति खुसी हुनेछन्, फूलमाला लिएर स्वागत गर्नेछन् । आफन्तहरूले घरमा बोलाई सगुन दिनेछन् । उनको शान कस्तो देखिएला ।

जन्मथलो आउनुभन्दा आधा घण्टाअगाडि आफँैले गाडी चलाए । आफ्ना चिरपरिचित साथीहरू होटलको बाहिरको बेन्चमा बसेर गफ गर्दै चिया पिउँदै थिए । दिलबहादुरलाई देख्नासाथ उनको मोटर अगाडि आएर चिच्याउँदै भन्न थाले... ए दिले ! सन्चै छौ । के छ हाल खबर ? तँ त ठूलो मान्छे भइस् रे ।

दिले भन्ने सम्बोधन सुनेर दिलबहादुरको अनुहार लाजले रातै भयो । यसो पछाडि फर्केर मोटरभित्र हेर्दा त कर्मचारी मुख छोपेर हाँस्दै थिए ।