लघु जलविद्युत्को योजना सपनामै !


 
दिवाकर पोख्रेल

देउखुरी, वैशाख १८ गते । दाङ बेला गाविसको गुरुङ खोलामा लघु जलविद्युत् संचालन गर्ने स्थानीय योजना विस्तारै सपनामै सीमित हुन थालेको छ ।

गुरुङ खोलामा लघु जलविद्युत योजनाको लागि पटक पटक भएका सर्वेहरु वास्तविक योजनामा परिवर्तन नहुंँदा स्थानीयहरुले गुरुङ खोलावाट विद्युुत उत्पादन गरी घरमा वत्ति बाल्ने विषयले मूर्तरुप नपाउने देखिएको छ ।

वि.सं.२०७१मा वोसिन नामको कनीले सर्वे गर्दा १३ किलोवाट क्षमताको विद्युत निकाल्न सकिने वताएपनि निर्माणको लागि जिम्मा लिने कम्पनी र सरकारी नियमका कारण लघु जलविद्युत निकाल्ने प्रयास सफल हुन नसकेको स्थानिय हरियाली कटवेरुवा चुरे संरक्षण समुह अध्यक्ष सुर्यप्रकाश चौधरीले जानकारी दिनुभयो ।

बेला गाविसको गुरुङ खोला, कटवेरुवाको अधिकांश घर, पटौली नाकामा विद्युत नभएपनि नेपाल विधुत प्राधिकरणको लाइन जडान भएकै गाविसमा लघु जलविधुत निकाल्नको लागि अनुदान नपाउने प्रावधानको कारण अहिले सम्म विद्युत निकाल्ने प्रयास सफल हुन नसकेको हो ।

स्थानीयकै पहलमा पटक पटक लघु जलविद्युत आयोजन संचालन गर्नको लागि अनुदान माग गरे पनि वनको बीच भागमा सिमेन्टवाट संरचना वनाउँदा स्वरुप विग्रने भन्दै वन मन्त्रालयवाट पनि रोकावट भएको स्थानियको गुनासो छ । सामान्य रुपमा कम खर्च गरेर गराउँदा पनि १३ किलोवाट विद्युत निकाल्ने क्षमता राख्ने उक्त स्थानमा बाँध वाँधेर अग्लो वनाउने हो भने देउखुरी क्षेत्रका धेरै गाविसमा पुग्ने विद्युुत उत्पादन गर्न सकिने जानकारी सर्वेमा आएको कम्पनी वताएको थियो ।

गुरुङ खोलामा वाह्ैमास पानी बगिरहन्छ । स्रोतको अभाव र प्रचार प्रसार तथा अन्य विविध कारणले कम लगानीमा लघु जलविधुत उत्पादन गर्ने सकिने सम्भावना भएपनि आफुहरुको प्रयास सार्थक नभएको स्थानीय तथा देवि सामुदायिक वनका अध्यक्ष भीमवहादुर ठेडी मगरले बताउनुभयो ( आएर नाप्ने त धेरै भए काम गर्ने गरी कोही पनि आउँदैनन् ।  यस वर्ष जसरी पनि काम गर्नको लागि साँसद विकास कोषको रकम देखि स्थानीय स्तरबाट स्रोतको जोहो गर्ने प्रयास गर्दा समेत काम गर्न नपाएको उहाँको गुनाशो छ ।

विद्युत उत्पादन गर्नेको लागि विभीन्न निजी कम्पनीले पनि चासो देखाएका छन् । लोडसेडिङको चर्के मारमा परेका यहाँका स्थानीयले भने जस्तै चासो देखाएर गुरुङ खोलामा पुगेर फर्कने र नाप्ने भन्दा अरु काम हुन सकेको छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना