रुघाखोकीबाट थप दुई जनाको मृत्यु


राजन रावत

सिमकोट वैशाख १८ गते । विकट हिमाली जिल्ला हुम्लामा रुघाखोकी तथा दमवाट थप दुई जनाको मृत्यु भएको छ । यो संगै वैशाख पहिलो सातावाट फैलिएको रुघाखोकी तथा दमवाट मृत्यु हुनेको संख्या बीस पुगेको छ  ।

पछिल्लो समय रोडिकोट गाविसमा दुई जनाको मृत्यु भएको स्थानीय श्यामजोर ऐडीले वताएका छन । मृत्यु हुनेमा रोडिकोट १ की ५८ वर्षकी रिउली रोकाया र सोही गाविस ३ की ६१ वर्षीया कलनधरा रोकाया रहेको ऐडीले वताए । यस अघि रुघाखोकी तथा दमको रोगवाट स्याँडामा नौं, रायामा सात र मदानामा दुई जनाको मृत्यु भैसकेको छ । उनका अनुसार घरघरमा विरामीको संख्या वढेको र स्वास्थ्य चौकीमा सिटामोल समेत पाईदैन ।

यसरी रुघाखोकीबाट गोठी, वराई तथा साँया गाविसमा पनि विरामी दिनप्रतिदिन वढिरहेको वराईका वीरवहादुर रोकायाले वताएका छन । विरामी श्रीमतीलाई स्वास्थ्य चौकीमा लिएर जाँदा स्वास्थ्यकर्मीले औषधी नभएको भनेर फर्काएको उनले वताए । यता यो रोगवाट दार्मा, मिमि, श्रीमष्ठा र मेल्छाम गाविसमा पनि फैलिएको मिमि गाविसका स्थानीय हेमराज चौलागाईले वताए ।

जिल्ला अस्पतालका डा छवि बाँस्तोलाले मृत्ुयुका सम्वन्धमा कुनै खवर नभएको बताएका छन् । उनले हाल जिल्ला अस्पतालमा पनि रुघाखोकीका विरामी वढि आउने गरेको जानकारी दिएका छन । यतिखेर रोग प्रभावित गाविसमा जिल्ला स्वास्थ्य कार्यालयका डा अनिलकुमार गुप्ताको टोली रहेको उनले वताए । अहिले जिल्ला भरिमा एक हजार पाँच सय रुघाखोकीका विरामी रहेका पनि बताईएको छ  ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना