संविधान कार्यान्यनमा काँग्रेसले महत्वपुर्ण भुमिका खेल्छ- नेता सिंह

अर्जुन काफ्ले, स्याङ्जा, वैशाख १८ गते । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले संविधान कार्यान्यनमा नेपाली काग्रेसले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ ।
आफ्नै नेतृत्वमामा जारि भएको संविधानलाई कार्यान्वयकोको लागि सहयोग गर्न पछि नपर्ने ठोकुन गर्नुभयो । मल्याङ्कोट गाउँ बिकास समितिमा क्यालेन्डर बिमोचन गर्न आउनु भएका नेता सिहँले शािनबार स्याङ्जामा पार्टी कार्यकर्ता भेटघाटमा संविधान कार्यान्वयन नभएमा देशमा अस्थिरता हुने दाबी गर्नुभयो ।

नेपाली काँग्रेस सरकार जानु भन्दा पनि प्रतिपक्षमा रहेर संविधान कार्यान्वयनका लागि जुट्नु पर्ने कुरामा उहाँको जोड थियो । 

काँग्रेसको प्रमुख प्रतिपक्षको जिम्मेवारीले मात्र संविधान कार्यान्वयन हुने बताउदै नेता सिहँले भन्नुभयो –“ काँग्रेस सरकार भन्दा पनि अबको दुई बर्षमा हुने तिनवटा निर्वाचनमा जुट्नु पर्छ । ”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना