‘देश विकासका लागि नयाँ ढङ्गले काम गर्नुपर्छ’

चितवन, वैशाख १८ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले भूकम्प प्रभावितलाई सरकारले समयमा व्यवस्थापन गर्न नसकेको भनी आलोचना गर्नुभएको छ । 

काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको एकदिने वार्षिक कार्यतालिका निर्माण र प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भूकम्प गएको एक वर्ष बित्दा प्रभावित क्षेत्रमा दुई प्रतिशतभन्दा बढी काम हुन नसकेको बताउनुभयो । नेपालको विकासका लागि नयाँ ढङ्गले काम गर्नुपर्ने समय आएको भन्दै उहाँले आफ्नो नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि ठूलो पार्टीको हैसियतले प्राकृतिक न्यायको सिद्धान्तमा पनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य धनराज गुरुङले कालोबजारी रोक्न नसक्नु र भूकम्प प्रभावितलाई राहत दिलाउन नसक्नु सरकारका कमजोरी हुन् भन्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना