• ६ चैत २०८०, मङ्गलबार

टेकु अस्पतालमा डेंगुका बिरामीकाे चाप बढ्याे

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ २१ गते । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुका बिरामीको सङ्ख्या बढेको छ । डेंगुका बिरामी बढेसँगै मङ्गलबार टेकु अस्पतालमा परीक्षण गर्ने सर्वसाधारणको भीड लागेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित ७५ जिल्लामा डेंगु फैलिसकेको छ । डेंगुका बिरामीको सङ्ख्या बढेपछि टेकु अस्पतालले वार्ड बाहिर बेड थप गरेको छ ।

उपत्यकालगायत देशका अधिकांश जिल्लामा डेंगु फैलिएसँगै सचेत रहन चिकित्सकले सल्लाह दिएका छन् ।