महासङ्घद्वारा पत्रकार क्षेत्रीप्रति श्रद्धाञ्जलि

काठमाडौँ, वैशाख १७ गते  । नेपाल पत्रकार महासङ्घले पत्रकार सूर्यकुमार क्षेत्रीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।

महासङ्घका महासचिव उजिर मगरले आज एक विज्ञप्ति जारी गरी क्षेत्रीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, निर्भिक र युवा पत्रकार गुमाएको जनाउनुभएको छ ।

“महासङ्घ स्वर्गीय क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामना गर्दछ । शोकको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ” –विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार राति ब्रेन ट्युमरको समस्या बल्झिएपछि उपचारका लागि राजधानीको अन्नपूर्ण न्यूरो अस्पताल पु¥याइएका ३३ वर्षीय क्षेत्रीको राति ९ः१५ बजेतिर उपचारका क्रममा निधन भएको थियो । विसं २०७१ मंसिरदेखि बे्रन ट्युमरको समस्या देखिएपछि क्षेत्रीको नेपाल र भारतमा समेत उपचार गरिएको थियो ।

पाल्पाबाट पत्रकारिता सुरु गर्नुभएका क्षेत्रीले उज्यालो नेटवर्क र नेपालवाणी नेटवर्कमा लामो समय पत्रकारिता गर्नुभएको थियो । पछिल्लो समय नेपाली कला डटकममा आबद्ध क्षेत्री गीत, सङ्गीत र साहित्यमा समेत संलग्न हुनुहुन्थ्यो । रासस

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना