• ८ वैशाख २०८१, शनिबार

जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना

blog

पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा रहेका गिद्ध । तस्विर – मीना कँडेल

मीना कँडेल

कावासोती, भदौ २१ गते । पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले बताउनुभयो ।

कावासोतीमा अवस्थित जटायु रेष्टुरेन्टबाट पहिलो पटक सन् २००९ को सेप्टेम्बर ४ मा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउन सुरु गरिएको थियो । टेलिस्कोप, क्यामरा र दूरबिनको सहायताले गिद्ध अवलोकन गर्न सकिने चौधरीले बताउनुभयो ।


संयोजक चौधरीले गिद्ध वातावरणसँगै धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेको हुँदा गिद्धप्रति समाजमा राम्रो विचार भएकाले अबका दिनमा संरक्षणमा विद्यार्थी, शिक्षक , पथप्रदर्शकलगायत सम्पूर्ण सरोकारवालाहरूले यसप्रति ध्यान दिनुपर्ने बताउनुभयो  ।

गिद्ध मरेको सिनो खाएर बाँच्ने पंक्षी हाे । हानिकारक कीटाणु तथा सडेको मासु पचाउन सक्ने भएकाले गिद्धलाई प्रकृतिका कुचीकार पनि भन्ने गरिन्छ ।