• १३ वैशाख २०८१, बिहिबार

उत्तरी नाका खुला गर्न नेत्री कोइरालाको माग

blog

नेपाली कांग्रेसकी सांसद सुजाता कोइराला ।

काठमाडौं, भदौ २१ गते । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।

मङ्गलवार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोइरालाले यस्तो माग गर्नुभएको हो। उहाँले चीनसँगका दुई वटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताउनु भयो। उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो। 

सांसद कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गर्नुभयो। 

उहाँले चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेख तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको बताउनु भयो।  सांसद कोइरालाले नेपालको कुनै पनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय मौन बस्न नहुने बताउनुभयो।