• १६ चैत २०८०, शुक्रबार

कांग्रेस सह महामन्त्री आङदेम्बेकाे नाम पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

blog

पाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्बे । फाइल तस्बिर

राधा लुइँटेल

फिदिम, भदौ २१ गते । नेपाली कांग्रेसका सह महामन्त्री भीष्मराज आङदेम्बे पाँचथरबाट सङ्घीय प्रतिनिधि सभा सदस्यका लागि सिफारिस हुनुभएको छ।

कांग्रेसको जिल्ला कार्य समिति बैठकले आङदेम्बेलाई मङ्सिर ४ मा हुने  निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको जिल्ला सभापति रूपनारायण जवेगुले जानकारी दिनुभयो। पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र  छ। 

यस्तै प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र ९क) बाट निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, जिल्ला सभापति रूपनारायण जवेगु, क्षेत्रीय सभापति भगिश्वर योङहाङ र प्रदेश महाधिवेशन प्रतिनिधि लवदेव ढुङ्गानाको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ।

उता प्रदेश सभा (ख) बाट क्षेत्रीय उपसभापति होमनाथ थापा, धर्मेन्द्र नेम्वाङ, जीतबहादुर भण्डारी, मुनेन्द्र नेम्वाङ, चन्द्रकुमार आङदेम्बे र गङ्गाबहादुर आङदेम्बेको नाम सिफारिस भएको छ। 

जिल्लाबाट सङ्घीय सांसदका लागि समानुपातिक तर्फबाट ८, प्रदेश सभा क बाट २० र ख बाट १७ जनाको नाम सिफारिस गरिएको सभापति जवेगुले बताउनुभयो।