• ४ वैशाख २०८१, मङ्गलबार

स्क्वास खेलाडी छनोट

blog

छनोट भएका स्क्वास खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, भदौ २१ गते । गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनोट गरिएको छ । 

नेपाल स्क्वास र्याकेट्स सङ्घको कोर्टमा मङ्गलवार भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनोट भए । राष्ट्रिय खेलकुदका लागि छनोट  हुने खेलाडीमा अर्हन्त केशर सिंह, अमिर ब्लोन, उमित शाक्य, राजेन्द्र शाक्य, विपना ब्लोन, स्वस्थानी श्रेष्ठ र भावना सुनुवार हुनुहुन्छ ।