• ६ चैत २०८०, मङ्गलबार

दुई जना चालकमाथि अभद्र व्यवहार मुद्दा दायर

blog

काठमाडौं, भदौ २१ ग्ते । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने दुईजना चालकमाथि अभद्र व्यवहार मुद्दा दायर गरेको छ ।

काठमाडौंको हलचोकबाट सोमबार राति पक्राउ परेका बा २ ज ४६५९ नम्बरको ट्याक्सी चालक नुवाकोटको बेलगडी नगरपालिका –५ घर भएका रञ्जन अधिकारी र प्रदेश २–०२–००१ च ०१८१ नम्बरको एम्बुलेन्स चलाउने धनुषाको ढल्केवरका ३५ वर्षीय कमल बहादुर श्रेष्ठमाथि अभद्र व्यवहार मुद्दा दायर भएको हो ।

कारबाहीमा परेका दुवै चालकलाई सम्बन्धित वृत्तले अभद्र व्यवहार कसुरमा मुद्दा दायर गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पठाएको ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीका अनुसार मापसे गरी सवारी साधन चलाएका दुबैलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । चालकहरूले मापसे गरी सवारी साधन चलाएपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागि ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको जनाएको छ ।