• ६ चैत २०८०, मङ्गलबार

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

blog

तिलाचन पाण्डे

तम्घास, भदौ २१ गते । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो ।

मङ्गलवार बिहान रानालाई आफ्नै घरको छतमा करेन्ट लागेपछि दुई तल्ला माथिबाट खसेर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा गुल्मी अस्पताल, तम्घासमा मृत्यु भएको खरेलले बताउनु भयो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।