• ७ वैशाख २०८१, शुक्रबार

भारतको विजयी सुरुवात

blog

साफ यू–१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै भारत र भुटानका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, भदौ २० गते । भारतले श्रीलंकामा सोमबारदेखि सुरु भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा भएको उद्घाटन खेलमा भारतले भुटानलाई ३–० गोलले हरायो । 

भारतको जितमा थंगालसोनु गांगटेले दुई र कप्तान भनलापिका ग्वेटेले एक गोल गर्नुभयो । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफको एक गोल थपेको हो । जितसँगै समूह ‘बी’ मा रहेको भारतले तीन अंक बनाएको छ । यस समूहमा नेपाल पनि रहेको छ । 

नेपालले पहिलो खेल भुटानसँग बुधबार खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल सेप्टेम्बर १४ तारिख हुनेछ ।