• ६ चैत २०८०, मङ्गलबार

ली नेपाल आउँदै

blog

काठमाडौँ, भदौ २० गते । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा मित्रराष्ट्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झाङ्सु नेपाल आउनुहुने भएको छ। भदौ २१ देखि ३० गतेसम्म लीको नेपाल भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँहरूबीच द्विपक्षीय वार्ता हुने जनाइएको छ।   

अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्नुहुनेछ। 

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि अध्यक्ष लीले अलग–अलग भेटघाट गर्नुहुने परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।