• १६ चैत २०८०, शुक्रबार

कमल खनालको गीति कहानी 'बाकस' सार्वजनिक

blog

काठमाडौं, भदौ १९ गते । गायक एवं सर्जक कमल खनालले नयाँ गीति कहानी सार्वजनिक गर्नुभएको छ । बालगायक-गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको स्वरमा उहाँले ‘बाकस’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । 

खनाल स्वयंमको शब्द एवं सङ्गीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गर्नुभएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका खनालले सार्वजनिक गर्नुभएको गीतको कथा भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरूको हो । 

विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यहरूसमेत गीतको भिडियोमा समेटिएको छ । भिडियो सम्पादनमा कहलिएका सम्पादक मिराज अर्यालले ‘बाकस’ गीतको भिडियोको निर्देशन गर्नुभएको हो । 

भिडियोमा सारिका केसी, कुलदिप अधिकारी, बाल कलाकारद्वय उमेश ढकाल र मञ्जिला बानियाको अभिनय छ । आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ती भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गर्नुभएको छ । दिनेश विष्टको छायाङ्कन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंमले सम्पादन गर्नुभएको हो । 

यसअघि उहाँले स्वर भर्नुभएका ‘डाली पलायो’, ‘छुट्टिने दिन आयो’, ‘न्याउली रुँदा यो मन रुन्छ नि’, ‘भेटौँला अवश्य’ लगायतका गीतहरूले चर्चा पाएका छन् ।