• ६ चैत २०८०, मङ्गलबार

मोरङकाे सुधार गृहबाट १३ जना भागे, चार जना धरानमा पक्रिए

blog

हरि कोइराला

उर्लाबारी, भदौ १९ गते । मोरङको उर्लाबारी –७ स्थित ‘जीवन बचाउ उपचार सेवा गृह’ मा उपचार गराइरहेका १३ जना दुर्व्यसकहरु भागेका छन् । भागेका दुर्व्यसकहरु झापा, मोरङ र सुनसरी जिल्लाका रहेका छन् । चार जना धरानबाट पक्राउ परिसकेका छन् ।

शनिबार बेलुका खाना खाने समयमा सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरू फरार रहेको उपचार गृहका इन्चार्ज रवीन्द्रप्रसाद दाहालले बताउनुभयो । दाहालका अनुसार १३ जना भएर एक जना गार्डलाई नियन्त्रणमा लिई हातपात गरी उनीहरू १३ जना फरार भएका हुन् । 

आवासीय रूपमा उपचार गराइरहेका उनीहरू भाग्ने बित्तिकै इलाका प्रहरी कार्यालय उर्लाबारीलगायत उनीहरूको घर रहेको क्षेत्रका प्रहरी कार्यालयमा सूचना दिइएको इन्चार्ज दाहालले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय, उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले फरार दुर्व्यसकहरुको खोज्ने कार्य जारी छ । सुधार गृहमा ३२ जना दुर्व्यसकहरुले उपचार गराइरहेका थिए ।