फेरिए प्रचण्ड, उस्तै छ चुन्वाङ


गणेश विक
रुकुम, वैशाख १२ गते । मोटर वाटो, सञ्चार, शिक्षा, विद्युत, यातायात लगायतको विकास गर्छु । तपाइहरुले हाम्रो पार्टीलाई सहयोग गर्नुस् । २०६२ सालमा चुन्वाङ वैठकका बेला तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादीको केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यस्तो भन्नु भएको थियो ।
तर विडम्बना, उहाँ उक्त वैठक पश्चात चुन्वाङ्ग गाउँमा फर्केर आउनु भएकै छैन् । चुनवाङ र प्रचण्डको सम्बन्ध अविस्मरणीय भएको यहाँका वासिन्दाको भनाई छ ।

त्यतिबेला यहाँका वासिन्दाले प्रचण्डलाई ठूलो विश्वास गरेका थिए । चुन्वाङलाई नमूना गाउँ बनाउने माओवादीको प्रमुख योजना थियो तर माओवादी शान्ति प्रक्रियासंगै सत्ता र भत्तामा भुल्यो अनि  आफुहरुसमक्ष बाँडेका आश्वासन बिर्सिएको स्थानीय वासिन्दाहरु आरोप लगाउँछन् । उनीहरु विकासभन्दा पनि  एक पटक प्रचण्ड सोही गाउँमा आएको हेर्न चाहन्छन् ।

उनीहरु भन्छन् माओवादीले त्यतिखेर आफ्नो पक्षमा जनताको साथ र समर्थन पाउँनलाई झुट्टा आश्वासन दिएको रहेछ । जनताको साथले माओवादी जनयुद्ध लड्यो, सत्तामा पुग्यो तर अहिले जनतालाई हेरेन यहाँका वासिन्दाको गुनासो यस्तै छ । माओवादीको सरकार आउँदा समेत माआवादीले उपेक्षा गरेको स्थानीय भिमवहादुर खड्काले गुनासो गरे ।


माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि महत्वपूर्ण भुमिका खेलेको चुनबाङ अहिले उपेक्षामा परेको छ । द्वन्द्वको बेला माओवादीले राजधानी मानेको चुनबाङमा द्वन्द्वपीडितहरुको घाउ आलै छ भने विकासका कामहरु द्वन्द्वकालमा जस्तै ठप्प छन् । २०६२ कात्तिकमा माओवादीको केन्द्रिय समितिको बैठक बसी दिर्घकालिन जनयुद्ध स्थगित गरी शान्तिपूर्ण संघर्षमा जाने निर्णय गरेको थियो यहिको वैठकवाट । चुनबाङमा अहिले लाखौका योजनाहरु अलपत्र परेका छन् । विकासका निर्माणका लागि माओवादी र सरकार दुबैले उपेक्षा गरेको स्थानीयको गुनासो छ ।
उक्त वैठक पश्चात स्थानीयहरुसंँग प्रचण्डले गरेका प्रतिवद्धता अहिले पुरा भएका छैनन् ।  शान्ति स्थापनासंगै ती प्रतिवद्धताले विश्राम लिएका छन् । समयको गतिँंगै चुन्वाङमा जुन विकासको आवश्यकता हो भएको देखिदैन् । त्यतिखेर चुनवाङमा मोटर वाटो पु¥याउने माओवादीको प्रमुख योजना थियो । सोही समयमा माओवादीले जिल्लाका बिभिन्न स्थानबाट सर्बसाधारणहरुलाई जबरजस्ती श्रमदान गर्न लगाई शहिदमार्ग नाममा सडक निर्माण गर्न लाग्यो । श्रमदान गरि निर्माण गर्न थालिएको रोल्पाको टिलादेखि रुकुमको चुनबाङसम्मको शहिदमार्ग अहिले अलपत्रमा परेको छ । २०५९ देखि रुकुम, रोल्पा र सल्यानबाट सर्बसाधारणहरुलाई लिएर बनाउन लागेको सहिद मार्ग शान्ति प्रकृयाको सुरुवातसंगैै माओवादीको बेवास्ताका कारण अलपत्र परेको स्थानीयहरुको भनाई छ । सडकको कूल लम्वाई ९१ किलोमिटर भएपनि २० किलोमिटरमात्र पुरा भएको छ । जनयुद्धको बेला माओवादीले केहि गर्न खोजे पनि अहिले सत्तामै माओवादी भुलेको त्यहाँका जमान खड्काले बताउनु भयो ।
माओवादी वाहेक अन्य पार्टी नभएको चुन्वाङमा अहिले विस्तारै अन्य पार्टीको सञ्जाल पनि विस्तार हुन थालेको छ । माओवादीमा लामो समय देखि लडाकु भएर काम गरेका पनि अहिलेको माओवादी पार्टीसँंग असन्तुष्ट छन् ।
माओवादी अध्यक्ष सांसद भए प्रधानमन्त्री बने तर यहाँका जनतामा केहि परिर्वतन आएको छैन् । प्रचण्ड हरेक पक्षबाट फेरिइसकेका छन् , स्थानीय रामलाल वलीले भने चुनवाङ भने जस्ताको तस्तै छ । अहिले पनि सदरमुकाम आउन एक दिन पैदल हिड्नु पर्छ । टुक्की, दियालो बालेर उज्यालो छर्नु पर्छ, फोन गर्न दुई तीन घण्टा पछि पालो आउँछ । उनीहरु भन्छन् - हाम्रो दैनिकी उस्तै प्रचण्ड धेरै फेरिए । प्रचण्डले आफुलाई मात्र फेर्न खोजे तर चुनवाङलाई विर्सिएको यहाँका वासिन्दाहरुको गुनासो छ ।
स्थानीयका यस्ता आरोप माओवादीका जिल्ला स्तरीय नेताहरु भने यो कुरा स्वीकार्ने पक्षमा छैनन् । उनीहरु भन्छन् - प्रचण्डलाई त्यतिबेला विकासभन्दा जनयुद्ध कसरी गर्ने भन्ने सोच मात्र भएकाले चुन्वाङको विकासका कुरा नगरिएको बताएका छन् । पार्टीलाई बदनाम गराउँन मात्र अहिले प्रचण्डले यस्तो उस्तो भनेका हुन भन्ने कुरा वाहिर ल्याउन खोजेको बताए । जनयुद्धको बेला माओवादीलाई त्यहाँका वासिन्दाहरुले सहयोग गरेका थिए ।  समाज परिर्वतन सँगै क्रान्ति सफल पार्न आफुहरु युद्धमा गएको उनीहरुको भनाई छ ।
माओवादी प्रमुख नेता तथा कार्यकर्ता बसेका घरहरु अहिले नी उस्तै छन् । स्थानीयहरुले ती घरहरु सामान्य मर्मत गरी पर्यटकीय क्षेत्र बनाउने योजना बनाएका छन् तर आर्थिक अभावका कारण त्यो सम्भव हुन नसेको स्थानीय गोविन्द बुढाले बताए ।
त्यस्तै शान्ति स्थापना पछि जिल्ला सदरमुकाम मुसीकोटबाट चुनबाङसम्म सडक निर्माण कार्य थालिएको दशवर्ष भयो । हालसम्म नौ किलोमिटर मात्र सडकको ट्रयाक निर्माण गरिएको छ । सरकारले सडकमा पर्याप्त वजेट नछुट्याउँदा सडक निर्माण कार्य प्रभावित बनेको हो । तिनवर्षमा सम्पन्न गर्नेगरी योजना सुरु गरिएको थियो । वजेट अभावकै कारण खानेपानीका चारवटा योजना पनि अलपत्र परेका छन् । त्यतिवेला भत्केका संरचना पनि पुर्न निर्माण हुन सकेका छैनन् ।
शान्ति प्रक्रियाको सुरुवातसंगै चुनबाङको उपेक्षा सुरु भएको स्थानीय दिपशिखा ओली वताउँछिन् । २०५५ सालमा माओवादीले चुनबाङको प्रहरी चौकी आक्रमण ग¥यो । त्यतिबेला ध्वस्त भएको प्रहरी चौकी अहिलेसम्म नबन्दा शान्तिप्रक्रियाको सुरुवातसँगै स्थापना भएको प्रहरी चौकी भाडाको घरमा बसेको छ । चुनबाङमा द्वन्द्वको समयमा करिब दुई करोड रुपियाँको सम्पती क्षति भएको थियो भने एकसय सातजना नागरिकहरु घाईते तथा अपाङ्ग जीवन बिताउन बाध्य छन् । चुनबाङले माओवादी बिद्रोहको बेला ३५ जना नागरिक गुमाएको छ ।

जनयुद्धका क्रममा चुनवाङका डाँडामा प्रचण्ड र बाबुराम आफ्ना पत्नीसहित ।


द्वन्द्वपछि चुनबाङमा विकास निर्माण कार्यमा सुस्तता छ । पाँच वर्षयता जिल्ला विकास समिति लगायतका सरकारी कार्यालयहरुले निर्माण गरेको एकवटा झोलुङ्गे पुल, दुईवटा सिचाई आयोजना, चारवटा विद्यालय भवन मात्र निर्माण गरिएको छ । माओवादी सरकार आउँदा समेत चुन्वाङ उस्तै भएको स्थानीयको गुनासो छ । प्रचण्ड फेरिए संगै चुनवाङ फेरिनु पर्ने यहाँका वासिन्दाहरुको भनाई छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना