• १६ चैत २०८०, शुक्रबार

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

blog

काठमाडौं, भदौ १८ गते । दोस्रो एकदिवसीय  खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि २३१ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६७ रन बनाउनु भएका रोहितले ९५ बलमा सात चौकाको सहयोमा उक्त रन बनाउनुभएको हो । देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसी ११ रन बनाउनुभयो ।

बलिङमा केन्याका भिराज पटेल र शेम एन्गोचे दुई दुई विकेट लिनुभयो । नेहिमिह ओधियाम्बोले लुकास एन्डान्डासन, जेरार्ड मुथुइ र रकिब पटेलले एक एक विकेट लिनुभयो। नेपाल आजको खेलमा जित निकाल्दै एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ 

तीन खेलको सिरिजमा नेपाल अहिले १–० ले अगाडि छ । नेपाल पहिलो खेलमा सात विकेटको विजयी भएको थियो । नेपाल र केन्याबीचको अन्तिम खेल सोमबार हुनेछ । यसअघि पाँच खेलको टी–२० सिरिज नेपालले ३–२ ले जितेको थियो ।