• ६ चैत २०८०, मङ्गलबार

गठबन्धनको निरन्तरता अपरिहार्य : मन्त्री राई

blog

सिराज खान 

नेपालगन्ज, भदौ  १८ गते । भौतिक पूर्वाधार  तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले संविधानको रक्षाका लागि गठबन्धनको सरकारले आगामी कार्यकालमा पनि निरन्तरता पाउनु पर्ने बताउनु भएको छ।

शनिबार गृह जिल्ला बाँके पुग्नु भएका मन्त्री राईले विमानस्थलमा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई  जिताउन आवश्यक रहेको बताउनुभएको हो । 

अहिलेको गठबन्धनले देशलाई विकासतर्फ अगाडि बढाएको बताउँदै उहाँले गठबन्धनको आवश्यकता अझै बाँकी रहेको उल्लेख गर्नुभएको हो । यो सरकारले सानो समयमा पनि शान्ति सुरक्षा, विकाश निर्माणका धेरै  काम गरेको र सो कार्य जारी रहेको उहाँको भनाइ छ । 

निर्वाचनप्रति जनतामा देखिएको उत्साहले आफूहरु उत्साहित बनेको उहाँको भनाइ छ । गृह जिल्लामा रहँदा मन्त्री राईले विभिन्न कार्यक्रममा सहभागी हुनुहुने जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।