• ६ चैत २०८०, मङ्गलबार

भ्रष्टाचार मुक्त समाज आजको आवश्यकता : उपसभामुख भुसाल

blog

गणेश खनाल
अर्घाखाँची, भदौ १८ गते ।
प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महांसघ अर्घाखाँची शाखाले शनिबार आयोजना गरेको सम्मान तथा पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपसभामुख भुसालले भ्रष्टाचार मुक्त समाज बनाई सुशाससहितको  समृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपसभामुख भुसालले लोककल्याकारी राज्य संविधानमात्र सुरक्षित भएको भन्दै जनताले महशुस गर्नेगरी लोककल्याकारी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘‘तीन तहका सरकार मात्र बलिया भएर हुँदैन । देशका नागरिक पनि आर्थिक, सामाजिक सबै हिसाबले बलियो हुनुपर्छ ।’’ उहाँले भन्नुभयो ।

जनताबाट उठेको कर ठिक ठाउँमा प्रयोग गर्नु पर्ने बताउनुहुँदै उहाँले जनतासँग प्रत्यक्ष रूपमा जोडिएको विकास अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

जिल्लाको मुख्य सडकको रुपमा रहेको गोरूसिङे सन्धिखर्क सडकलाई व्यवस्थित बनाउनका लागि प्राथमिकतामा राखिएको र ढोरपाटन सडकलाई निश्चित समयमा निर्माण सक्नेगरी काम भइरहेको जानकारी पनि भुसालले दिनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएको भुसालले पार्टीले टिकट दिए आफू अर्घाखाँचीबाट  संघको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने स्पष्ट पार्नुभयो ।