मोरङमा ग्यास बिक्री सहज बनाउन माग

पथरी (मोरङ), वैशाख १० गते । मोरङमा ग्यास बिक्री–वितरणलाई सहज बनाउन विराटनगरका ग्यास बिक्रेताले माग गरेका छन् । ग्यास बिक्री–वितरणको विषयमा आधिकारिकरुपमा ठोस निर्णय दिन माग गर्दै बिक्रेताले बिहीबार बेलुका वाणिज्य कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएका छन् । उद्योगले पर्याप्त ग्यास नदिइरहेको र प्रशासनले समेत आएको ग्यासलाई कसरी वितरण गर्ने भन्ने विषयमा स्पष्ट निर्देशन नदिएका कारण ग्यास बिक्री–वितरणमा समस्या भइरहेको ग्यास बिक्रेता महासङ्घ मोरङका अध्यक्ष तेजराज श्रेष्ठले बताउनुभयो ।

उपभोक्तालाई आवश्यक पर्ने जति ग्यास आपूर्ति नभएका कारण आफूहरु मर्कामा परेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वाणिज्य कार्यालयले उपभोक्तालाई कुपनका आधारमा ग्यास वितरण गर्न निर्देशन दिएको तर प्रमुख जिल्ला अधिकारीले भने लाइनका आधारमा ग्यास बिक्री गर्न दिएको निर्देशनका कारण आफूहरु अन्योलमा परेको बिक्रेताको गुनासो छ ।

वाणिज्य कार्यालयको निर्देशनविपरीत गर्दा अनुगमनका क्रममा कालोबजारी ठहर हुने र प्रमुख जिल्ला अधिकारीको निर्देशन नमान्दा कारबाहीको भागिदार हुनुपर्ने भएपछि आफूहरु निकै मर्कामा परेको ग्यास व्यवसायी सन्तोष भगतको भनाइ छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना