दुई सामुदायिक वनमा भीषण आगलागी, हजारौँ रुख जलेर नष्ट




त्रिपुराकोट (डोल्पा), वैशाख ९ गते। डोल्पाको लिकु गाविसमा रहेका दुईवटा सामुदायिक वनमा भीषण आगलागी भएको छ । आगलागी हुँदा सल्ला, देवदारलगायतका हजाराँै रुख बिरुवा जलेर नष्ट भएका छन् ।

आगलागी हुनेमा कालिका सामुदायिक वन र चुँको सामुदायिक वन रहेका छन् ।

दापु नामको गाउँको माथितिर पर्ने कालिका सामुदायिक वनमा बुधबारदेखि भीषण आगलागी सुरु भएको हो भने अर्कोे वनमा एक हप्तादेखि सुरु भएको लिकुका स्थानीयवासी लोकेश खत्रीले बताउनुभयो ।

आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । चोरी सिकारीका लागि गएका तस्करले आगो लगाएको हुनसक्ने आशङ्का गरिएको छ ।

आगलागी नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरे तापनि नसकिएको जनप्रभा उमाविका प्राचार्य यामप्रसाद शर्माले बताउनुभयो । नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदिएको शर्माले उल्लेख गर्नु भयो ।

आगलागीको आजमात्र जानकारी पाएको र आजै कर्मचारीलाई खटाएको जिल्ला वन कार्यालय डोल्पाले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना