मुलक अहिलेसम्म जातीय राज्य : नेता राई

Ashok rai by kabitaपाँचथर,  वैशाख ९ गते  । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपाल अहिलेसम्म जातीय राज्य भएको आरोप लगाउनुभएको छ । सयौँ वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व हुनुले अहिलेको राज्य नै एकल जातीय राज्य भएको बताउनुभयो ।

पाँचथरको फिदिममा आउनुभएका उहाँले आज बिहान रासससित कुरा गर्दै आदिवासी, मधेसी, मुस्लिम, दलित समुदायलाई पाखा लगाएर एउटै समुदाय सत्तामा रहिरहने र सोही समुदायले उत्कृष्ट भनेको संविधान कामै नलाग्ने भएको बताउनुभयो ।

उहाँले आन्दोलन गरेर अब संविधान दुईवर्ष भित्रमा व्यवस्थापिका–संसद्बाट सशोधन गराएर कामलाग्ने बनाउनुपर्नेमा जोड दिनुभयो । संविधानले राष्ट्रिय एकता कायम गर्न नसक्ने पनि उहाँले बताउनुभएको छ ।

यस्तै, उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासीले अधिकार माग्दा साम्प्रदायिक र मधेसीलाई विखण्डनकारी भनेर होच्याउने गरेको पनि आरोप लगाउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना