सूचना आदानप्रदान गर्न सम्झौता

काठमाडौ, वैशाख ८ गते । अर्थतन्त्रको दिगो विकासका लागि वित्तीय क्षेत्रको स्थायित्व कायम गर्दै सर्वसाधारण निक्षेपकर्ताको हकहितको सुरक्षा सुनिश्चित गर्न नेपाल राष्ट्र बंैक र निक्षेप तथा कर्जा सुरक्षण निगमबीच आपसी सहयोग तथा सूचना आदानप्रदान गर्नका लागि सम्झौता भएको छ । 


निगमले आज जारी गरेको विज्ञप्तिमा अर्थ मन्त्रालयका प्रतिनिधि एवम् वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका उपसचिव वैकुण्ठनिधि शर्माको उपस्थितिमा बैंकका तर्फबाट बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डे र निगमका तर्फबाट महाप्रबन्धक डा दण्डपाणि पौडेलले हस्ताक्षर गर्नुभएको हो ।

देशमा असहज परिस्थितिका कारण बैंक तथा वित्तीय संस्थालाई असफल हुनबाट जोगाउन तथा उत्पन्न जोखिमको समयमै सम्बोधन गरी मुलुकमा वित्तीय स्थायित्व कायम गर्न उक्त सम्झौताबाट महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना