बाक्सिला गोल्डकपमा बुइपाको विजयी यात्रा सुरु

खोटाङ, वैशाख ८ गते  । जिल्लाकै पहिलो र प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बाक्सिला गोल्डकप’ सुरु भएको छ । बाक्सिला फुटबल क्लबको आयोजनामा सञ्चालन हुँदै आएको ‘बाक्सिला गोल्डकप’को नवौँ संस्करण मङ्गलबारदेखि सुरु भएको हो ।

पृथ्वी उच्च मावि बाक्सिलाको खेलमैदानमा सुरु भएको गोल्डकप नेकपा ९एमाले०का वैकल्पिक केन्द्रीय सदस्य राजन राईले प्रमुख अतिथिका रुपमा उद्घाटन गरेका हुन् । नयाँ वर्षको अवसरमा आयोजित गोल्डकपमा जिल्ला तथा जिल्लाबाहिरका गरी १७ टोलीले प्रतिस्पर्धा गरिरहेको क्लबका अध्यक्ष समिर राईले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल बुइपा इलाभेन स्पोर्टस् क्लब र खार्मी गाविसबीच भएकोमा बुइपा विजयी भएको छ । आधासमयसम्म बराबरीमा टुङ्गिएको प्रतियोगितामा बुइपा इलाभेन स्पोर्टस् क्लबले शून्यका विरुद्ध एक गोल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । जिल्लामा फुटबल खेलको व्यावसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि आयोजना हुँदै आएको ‘बाक्सिला गोल्डकप’ हप्तादिनसम्म सञ्चालन हुनेछ । २०६१ सालदेखि निरन्तर आठौँं संस्करण गराएको क्लबले तीन वर्षको अन्तरमा गोल्डकपलाई निरन्तरता दिएको हो ।

प्रतियोगिताका विजेता टोलीले रु एक लाख ५० हजार मूल्यको कप, नगद पुरस्कार, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपविजेतासहित सेमी फाइनलमा सहभागीलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । चन्दाको भरमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले यसपल्ट पनि स्वदेश तथा विदेशमा रहेका स्थानीयवासीसँग सहयोग मागेर प्रतियोगिता गरेको हो ।

राससकर्मी मगर पुरस्कृत

यसैबीच, बाक्सिला फुटबल क्लबले राससकर्मी पत्रकार केदार मगरलाई खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बाक्सिलामा मङ्गलबार सुरु बाक्सिला गोल्डकपको उद्घाटनको अवसरमा क्लबले पत्रकार मगरलाई पुरस्कार प्रदान गरेको हो ।

पत्रकारिताको माध्यमबाट जिल्लाको खेलकुद क्षेत्रको विकास र उन्नतिको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार मगरलाई नगद पाँच हजार नौ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष समीर राईले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेकपा ९एमाले० वैकल्पिक केन्द्रीय सदस्य राजन राईले पत्रकार मगरलाई नगदका साथै सम्मानपत्र प्रदान गर्नुभयो ।

विगत सात वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकार मगर हाल नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका सहसचिव एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हुनुहुन्छ । २०६१ सालदेखि निरन्तर जिल्लाकै पहिलो र प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बाक्सिला गोल्डकप’को आठौँ संस्करण गराइसकेको क्लबले हरेक पटक पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

यसअघि क्लबले नागरिक पत्रिकाका दमन राई, पत्रकार बिमला राई लगायतका पत्रकारलाई पुरस्कृत गरिसकेको छ । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना