• ६ चैत २०८०, मङ्गलबार

नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस

blog

इनरुवा, भदौ १६ गते । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ ।

पार्टीको निर्देशनअनुसार क्षेत्र नं १  बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने १ (२) बाट रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको जिल्ला सचिव सुवेदीले बताउनुभयो । त्यसैगरी, प्रतिनिधिसभा सुनसरी क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ । यस क्षेत्रको प्रदेशसभाका उमेदवारको नाम आगामी बैठकले सिफारिस गर्ने निर्णय गरेको सचिव सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी, सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा मोहमद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभामा क्षेत्र नं ३ (१) बाट केशव विष्ट, गौरी परियार र नयनतारा सिटौलाको नाम सिफारिस गरिएको छ भने ३ (२(बाट रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा केशवप्रसाद तिम्सिना, डा. सिएन पाठक र कैलाश अञ्जुमको नाम सिफारिस गरिएको छ । त्यसैगरी, प्रदेशसभा क्षेत्र नं ४ (१) मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेलको नाम सिफारिस गरिएको छ भने ४ (२)मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गरिएको सचिव सुवेदीले बताउनुभयो ।