स्कुलबस दुर्घटनामा १४ घाइते

मलेखु (धादिङ), वैशाख ७ गते । त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसेस्थित खानीखोला नजिकै सोमबार स्कुलबस दुर्घटना हँुदा १४ जना घाइते भएका छन् । काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ८१७२ नम्बरको ट्रकले विद्यार्थी बोकेर खानीखोलातर्फ आउँदै गरेको सुपब क्याटलिस्ट एकेडेमीको बसलाई ठक्कर दिँदा चालकसहित १३ जना विद्यार्थी घाइते भएका हुन् ।

गम्भीर घाइते हुनेमा थाक्रे गाविस– ९ का स्कुल बसका चालक अर्जुन हमाल रहेका छन् । चालक हमाल र एक जना विद्यार्थीलाई उपचारका लागि ललितपुरस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

अन्य विद्यार्थीकोे धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना