• ७ वैशाख २०८१, शुक्रबार

दाङमा चट्याङबाट २ महिलाको मृत्यु, १२ जना घाइते

blog

लीलाधर वली 

घोराही, भदौ १५ गते । दाङमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ । तीजको दिन राती नाचगान भैरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा २ जना महिलाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । 

उक्त घटनामा १२ जना महिला गाइते भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।