चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री राजधानीमा

काठमाडौँ, माघ १५ गते । युरोपेली मुलुक चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेक ३९ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज बिहान राजधानी आइपुग्नुभयो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्र मन्त्रालयका सहसचिव एवम् युरोप–अमेरिका महाशाखा प्रमुख निर्मलराज काफ्ले, नेपालका लागि चेक गणतन्त्रका अवैतनिक वाणिज्यदूत विष्णुकुमार अग्रवाल तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभयो ।

नेपालको आर्थिक सामाजिक विकासका साथै लगानीका विविध क्षेत्र पहिल्याउन आजैै अर्थमन्त्री डा रामशरण महतसँग चेक मन्त्रीको वार्ता हुनेछ ।

चेक गणतन्त्रले नेपालमा जलस्रोत, सडक, खाद्यउद्योगलगायत क्षेत्रमा संयुक्त लगानीका परियोजना सञ्चालनमा अभिरुचि देखाएको छ । संयुक्त लगानीका परियोजनाको पहिचान तथा तीबारे आवश्यक जानकारी लिन उक्त मुलुकका प्रतिष्ठित उद्योगपति एवम् व्यापारी पनि मन्त्री मलाडेकसाथ आउनुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना