• ६ चैत २०८०, मङ्गलबार

नेप्से परिसूचक २.३३ अंकले वृद्धि

blog

फाइल तस्बिर

 काठमाडौं, भदौ १४ गते । मंगलबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य सुधार भएको छ । 

मंगलबार नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको भन्दा कारोबार रकममा गिरावट आएको छ । सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ  कारोबार भएको थियो । 

नेप्सेका १३ उपसमूह मध्ये ६ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने ७ उपसमूहको परिसूचक सकारात्मक रहेको छ । जसमा विकास बैंक ६.२३, उत्पादन तथा प्रशोधन ११.३७, अन्य समूहको ३३.८२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.६३ अंकले बढेको छ । तर, बैंकिङ समूहको ०.७६, जलविद्युत १८.०९, वित्त कम्पनी १४.९५, निर्जीवन बीमा ६.३७, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले घटेको छ ।

मंगलबार हिमालय एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार सकारात्म सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोला जलविद्युत कम्पनीको ८.४५ प्रतिशतले बढेको छ । तर, यता विन नेपाल लद्युवित्तको शेयर मूल्य ४.७७ प्रतिशतले घटेको छ । आज नेपाल टेलिकमले ९५ करो ७७ लाख २५ हजार बराबरको कोरोबार भएको छ ।