• ६ चैत २०८०, मङ्गलबार

नेपाल टस जितेर ब्याटिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १४ गते । केन्याविरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पाँच खेलको सरिजमा यो निर्णायक खेल हो । घरेलु टोली केन्या र नेपालबिच यसअघिको चार खेल २–२ को बराबरी अवस्थामा छ । यसअघि नेपालले पहिलो खेल पाँच विकेट र तेस्रो खेल चार विकेटले जितेको थियो ।

दोस्रो र चौथो खेलमा खराब ब्याटिङ गरेको नेपाल पराजित भएको थियो । दोस्रो खेल १८ रनले पराजित भएको नेपाल चौथो खेलमा नेपाल ७ रनले पराजित भएको थियो । दुवै टोली सिरिज कब्जा गर्ने लक्ष्यका साथ प्रस्तुत हुँदैछन् ।

नेपालले अन्तिम खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । विवेक यादव र बसिर अहमदलाई मौका दिएको छ भने आरिफ शेख र साहब आलमलाई आराम दिइएको छ । टी–२० पछि दुई टोलीबिच भदौ १७, १८ र २० गते तीन खेलको एक दिवसीय सिरिज हुनेछ ।