सरकारले पुनःनिर्माण र व्यवस्थापन गर्न सकेको छैन सभापति देउवा




काठमाडौँ, वैशाख ४ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश अझै भूकम्पको त्रासबाट मुक्त हुन नसकेको बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाली काँग्रेस पाल्पा काठमाडौँ सम्पर्क समितिको दोस्रो अधिवेशनमा उहाँले भूकम्प गएको एकवर्ष बित्न लाग्दा समेत सरकारले पीडितलाई पुनःस्थापित गराउन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो—‘‘ जनता अझै भूकम्पको पिडाबाट बाहिर आउन सकेका छैनन् । सरकारले पुनःनिर्माण र व्यवस्थापन गर्न सकेको छैन । उनीहरु अझै पनि कष्टकर जीवन बिताउन बाध्य छन् । ’’

उहाँले सविधान कार्यान्वयनमा समस्या भएको बताउदैँ मधेस समस्यालाई समाधान नगरिकन अन्य समस्या समाधन नहुने धारणा राख्नुभयो ।
उहाँले गएको वर्षमा भएका सबै समस्याको नयाँ वर्षमा समाधान गर्न सबैको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले भूकम्पपीडितले एक वर्षसम्म राहत नपाउनु दुःखदायी भएको बताउनुभयो ।
उहाँले काँग्रेसको नयाँ नेतृत्वले सबैलाई एक बनाएर सङ्गठनलाई बलियो बनाउने तर्फ आफ्नो लगायत सभापतिको ध्यान केन्द्रित रहेको जनाउनुभयो ।

नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले संविधान कार्यान्वयनमा राजनीतिक समस्या रहेकाले त्यसको समाधान गर्दै अघि बढ्नुपर्ने औँल्याउनुभयो ।

उहाँले लोकतन्त्रका लागि पटक÷पटक भएका आन्दोलनको उपलब्धिलाई स्थायी बनाउन सविधान कार्यान्वयन गर्नु आवश्यक भएको जिकिर गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना