प्रजातन्त्रवादी प्राध्यापक सङ्घ अधिवेशन यही महिना हुने

काठमाडौँ, वैशाख ३ गते  । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको चौथो अधिवेशन वैशाख महिनाभित्रै गरिनेभएको छ । सङ्घका महासचिव जगत तिमिल्सिनाले वैशाखभित्रै अधिवेशन गर्नेगरी आफूहरू आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो । हाल विभिन्न क्याम्पसको एकाइ अधिवेशन गर्ने क्रम तीव्र रूपमा चलिरहेको जानकारी सङ्घले दिएको छ ।
अधिवेशनको मिति र स्थानसम्बन्धी अन्तिम निर्णय छिट्टै गरिनेभएको छ । अधिवेशनका लागि दाङ, काठमाडौंँ, पोखरा र चितवनमध्ये एक स्थानमा गरिने सम्भावना छ । सङ्घको चौथौ अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ । हरेक क्याम्पसबाट १० जना साधारण सदस्य बराबर एक प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी महासचिव तिमिल्सिनाले दिनुभयो । सङ्घ नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो ।
सङ्घको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । विधान अनुसार सङ्घको महाधिवेशन हालसम्म सम्पन्न भइसक्नुपर्नेमा काँग्रेसको १३औँ महाधिवेशनका कारण सङ्घको अधिवेशन सम्पन्न गर्न प्राविधिक समस्या परेको जानकारी सङ्घका पदाधिकारीले दिएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना