• ६ चैत २०८०, मङ्गलबार

सडक दुर्घटनामा दिदी भाइको मृत्यु

blog

    रुपन्देही, भदौ  १२ गते । रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा–३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिनुभयो ।     

      आइतबार साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चार घाइते भएका छन् । उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस