• ६ चैत २०८०, मङ्गलबार

‘झिँगे दाउ’ भदौ १७ मा

blog

काठमाडौं, भदौ १२ गते । चलचित्र ‘झिँगे दाउ’ भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय छ । 

फिल्मका सह-निर्माता सुशील दाहाल र इश्वर घिमिरे हुनुहुन्छ । फिल्ममा प्रदीप भारद्वाजको कथा र संवाद, विष्णु घिमिरे 'कल्पित'को छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । 

भीमनिधि तिवारीको चर्चित कृति 'झिँगे दाउ'मा आधारित रहेर यो फिल्म तयार पारिएको हो ।