लोकतान्त्रिक पक्षधर अधिक पदमा विजयी

काठमाडौँ, चैत २७ गते । कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनको २४औँ कार्यसमितिको निर्वाचनमा अधिवक्ता शेरबहादुर केसी अध्यक्ष पदमा विजयी हुनुभएको छ ।  लोकतान्त्रिक समूहबाट उम्मेदवार हुनुभएका केसी तीन हजार ७९८ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगातिशील समूहका प्रत्यासी विजयकान्त मैनालीले तीन हजार ६१५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी अध्यक्ष पदका प्रत्यासीहरू मनोहर साह र रामप्रसाद प्रजापतिले क्रमशः २०७ र ५५ मत प्राप्त गर्नुभएको छ । sher_bdr_kc

त्यसैगरी लोकतान्त्रिक समूहका उम्मेदवार खम्मबहादुर खाती तीन हजार ६२४ मत प्राप्त गरी महासचिवमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रगातिशील समूहका दिनमणि पोखरेलले तीन हजार ४५५ मत ल्याउनुभएको छ । त्यस्तै लोकतान्त्रिक समूहका ज्ञानरत्न शाक्य तीन हजार ४६७ मत प्राप्त गरी कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रगातिशील समूहका हरिबहादुर खड्काले तीन हजार ३७० मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी पूर्वाञ्चल, मध्यमाञ्चल उपत्यकाबाहिर, मध्यमाञ्चल उपत्यका, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल उपाध्यक्ष र उपाध्यक्ष खुला क्षेत्र महिलामा क्रमशः मदनकुमार खड्का – तीन हजार ६९७ मत), विनय सिंह (तीन हजार ७९६), मोतीराज गौतम (तीन हजार ५५३), घनश्याम पन्त (तीन हजार ६७३), शालिकराम सापकोटा (तीन हजार ७६४), कुलानन्द उपाध्याय (तीन हजार ७५२) र उषा मल्ल पाठक (तीन हजार ७५०) विजयी हुनुभएको छ ।
त्यस्तै सदस्य (दलित)मा श्यामकुमार विश्वकर्मा, सदस्य (मधेसी÷मुस्लिम) उपत्यकाबाहिरमा मधुर पाठक, सदस्य (मधेसी÷मुस्लिम) खुलामा रमणकुमार कर्ण, सदस्य (आदिवासी÷जनजाति) खुलामा अस्मिनकुमार राई, सदस्य (आदिवासी÷जनजाति) उपत्यकाबाहिरमा हरिनारायण चौधरी, सदस्य महिला (उपत्यकाबाहिर)मा इन्दु कोइराला, सदस्य महिला (खुला)मा सानुमैयाँ महर्जन र सदस्य खुला (उपत्यकाबाहिर)मा पदमबहादुर शाही विजयी हुनुभएको छ ।
त्यसैगरी खुला सदस्यहरूमा क्रमशः ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरू, इन्द्रबहादुर अधिकारी, विष्णुमाया भुसाल, कृष्णकुमार आङ्देम्बे विजयी हुनुभएको छ ।
कुल २५ वटा पदमा भएको निर्वाचनमा १९ जना लोकतान्त्रिक र ६ जना प्रगातिशील समूहबाट विजयी हुनुभएको छ । बारको निर्वाचन चैत २० गते सम्पन्न भएको थियो ।
नेपाल बार एसोसिएसनमा शुक्रबार निर्वाचनको अन्तिम मतपरिणाम घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष शेरबहादुर केसीले संवैधानिक सर्वोच्चता, विधिको शासन र कानुन व्यवसायीको हकहितका लागि नवनिर्वाचित कार्यसमितिले दृढताका साथ काम गर्ने बताउनुभयो ।
उहाँले संविधानको कार्यान्वयन तथा मधेस समस्या समाधानका लागि नेपाल बार एसोसिएसनले सकारात्मक र रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।
बार कार्यसमिति निर्वाचनका निकटतम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले निर्वाचनमा कुनै व्यक्तिविशेषभन्दा लोकतान्त्रिक विधि र प्रक्रियाको जित भएको बताउँदै बारको हरेक कार्यमा आफ्नो तर्फबाट सकारात्मक र रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना