• ६ चैत २०८०, मङ्गलबार

नौ दिनमा १३ जनामा हैजा पुष्टि, सङ्क्रमितको सङ्ख्या ६७ पुग्यो

blog

काठमाडौं, भदौ ९ गते । भदौ महिना शुरु भएदेखि १३ जना हैजाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ दिनमा १३ जना हैजाको बिरामी थपिएका हुन् । 

यो सँगै नेपालमा हैजाका बिरामीको सङ्ख्या ६७ पुगेको छ । असार २ गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । यो अन्तरालमा ६७ जनामा हैजा पुष्टि भइसकेको छ । जसमध्ये ३० जना महिला र ३७ जना पुरुष रहेका छन् ।

सङ्क्रमण पुष्टि भएका ठाउँको ६२ वटा पानीको नमुना परीक्षण गरिएकामध्ये ४१ नमुनामा दिसामा पाइने फिकल इकोलीन भन्ने जीवाणु भेटिएको थियो । परीक्षण गरिएका ४४ पानी नमुनामध्ये १० वटामा काठमाडौं उपत्यकामा फिकल इकोलीन भन्ने जीवाणु भेटिएको थियो ।

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउँछन् । पानी उमालेर पिउने, बासी फोहोर पानी र खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सक बताउँछन् ।