• ६ चैत २०८०, मङ्गलबार

सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने युवा पक्राउ

blog

नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने २७ वर्षीय विष्णु गिरी ।

जाजरकोट, भदौ ९ गते । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिड्ने एक ब्यक्ति जाजरकोटमा पक्राउ परेका छन् । जाजरकोट नलगाँड नगरपालिका-१३ खातीगुर्ताका २७ बर्षीय विष्णु गिरीलाई नक्कली कागजात सहित प्रहरीले पक्राउ गरेको हो । 

सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचय पत्र बनाई साथमा हिड्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका हो । उनको  साथबाट नेपाली सेनाको सह–सेनानी दर्जा सहितको फोटो भएका परिचय पत्र फेला पारिएको प्रहरी निरीक्षक पुस्कर पन्तले जानकारी दिनुभयो । 

उनी माथि जिल्ला अदालतले पाँच दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Author

सहदेव बस्नेत