• ६ चैत २०८०, मङ्गलबार

दश जनाको परीक्षण गर्दा आठमा कोरोना पुष्टि

blog

राजन रावत

हुम्ला, भदौ ८ गते । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका –४ को गोठेलबाडा गाउँमा दश जनाको  कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ । सिङ्गो गाउँमा कोरोनाका लक्षणसँग मिल्ने बिरामी देखिएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन बिधिद्वारा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

कोरोनाका लक्षणसँग मिल्ने बिरामीको कोरोना परीक्षण गर्दा दश जना बिरामीमा कोरोना देखिएको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले बताउनुुभयो । गाउँका अधिकांश मानिस बिरामी भए पनि किट अभावको कारण नमूना परीक्षण गर्दा कोरोना देखिएको उहाँले बताउनुुभयो ।

अधिकांश बिरामीमा कोरोना सङ्क्रमण पुष्टि हुन सक्ने देखिए पनि परीक्षण सम्भव नभएको उहाँले बताउनुुभयो । किट अभाव भएपछि गाउँ पुुगेको स्वास्थ्यकर्मीको टोली रुघाखोकी लागेका १५० जना बिरामीको उपचार गरेको छ ।  

स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको ढकालले बताउनुभयो । अन्य वडाका प्रत्येक वस्तीमा पनि रुघाखोकीका बिरामी देखिएपछि उपचारका लागि दुुई वटा टोली परिचालन गरिएको उहाँको भनाइ छ । यसअघि जिल्ला अस्पतालमा ४७ जनाको कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको थियो ।