• ६ चैत २०८०, मङ्गलबार

बेपत्ता भएका एक युवकको शव फेला

blog

फाइल तस्बिर

सुजन काफ्ले
चरिकोट (दोलखा), भदौ ८ गते ।
दोलखाको बिगु गाँउपालिका –१ लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको ड्याममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । गत साउन २३ गते डुङ्गाबाट हामफाली बेपत्ता भएका रमेश बस्नेतको शव बुधबार बिहान १० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

रामेछाप उमाकुण्ड गाउँपालिका –१ वाल्दिङ घर भएका बस्नेत नासा हाइड्रोपावरमा मिस्त्रीको रुपमा कार्यरत रहेका थिए । लामाबगरमा नै रहेको दुगड हाइड्रोपावरको स्काभेटर बनाउन मिस्त्रीसहित डुङ्गामा गएका उनीहरु स्काभेटर बनाइ फर्कने क्रममा उनीहरु चढेको डुङ्गा रुखमा ठोक्किएर अनियन्त्रित भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङले सोही क्रममा बस्नेत डुङ्गाबाट हाम फाल्दा बेपत्ता भएकोे बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गर्ने क्रममा उहाँको शव फेला परेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।